प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै



काठमाडौं,पुष ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले अहिले ३ बजे बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन्। उनले सम्बोधन गरेको कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ।

आइतबार संसद् विघटन गराएपछि चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्