भरुवा बन्दुक १३ थान बरामद



बाग्लुङ, पुष ६ । प्रहरीले १३ थान भरुवा बन्दुक बरामद गरेको छ । आइतबार दिउँसो बाग्लुङस्थित विभिन्न ठाउँबाट १३ थान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

बढिगाड गाउँपालिका ३ सिसाखानीस्थित लग्दी खोलाको किनारमा बेवारिसे अवस्थामा २ थान, वडा नम्बर १ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान र गलकोट नगरपालिका–९ रिस्तिस्थित कार्तिकेको जंगलमा ३ थान (१ थान बेसाबुत समेत) भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको उल्लेख छ ।

स्थानीय प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्