विश्वमा पाँच करोड ४५ लाख कोरोना संक्रमित निको भए



एजेन्सी,पुष ७ । मंगलबार बिहानसम्म विश्वभरमा पाँच करोड ४५ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वमा पाँच करोड ४५ लाख ३३ हजार सात सय ३१ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

त्यस्तै हालसम्म विश्वमा सात करोड ७६ लाख ८१ हजार १२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १७ लाख आठ हजार एक सय ४४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड १४ लाख ३९ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ८४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड सात लाख ५९ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख २६ हजार पाँच सय ८१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म १ करोड ७५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९६ लाख ३५ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार एक सय ४५ जना पुगेको छ ।

हालसम्म नेपालमा भने दुई लाख ५४ हजार पाँच सय १४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ४४ हजार सात सय ४३ जना निको भएका छन् । नेपालमा कोरोनाबाट एक हजार सात सय ९५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्