नेपालमा मन्त्रिपरिषद् हेरफेर, ८ मन्त्री र १ राज्यमन्त्री थपिए



काठमाडौं पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् । प्रचण्ड र माधव नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त पदमा मन्त्रीहरु नियुक्त गरिएको हो । साथै केही मन्त्रीको जिम्मेवारीसमेत हेरफेर भएको छ । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड मन्त्रिपरिषद्बाट बाहिरएका छन् ।

१ टोपबहादुर रायमाझी – उर्जामन्त्री
२ मणि थापा- खानेपानीमन्त्री
३ प्रभु साह- सहरी विकासमन्त्री
४ प्रेम आले-वनमन्त्री
५ गणेश ठगुन्ना-सामान्य प्रशासनमन्त्री
६ गौरी शंकर-चौधरी-श्रममन्त्री
७ दावा लामा-युवा तथा खेलकुदमन्त्री
८ जुलीकुमारी महतो-महिला बालबालिकामन्त्री
९ विमला विश्वकर्मा-उद्योग राज्यमन्त्री

यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्यमन्त्री बनेका छन् । महिला बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठ कानुन र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् ।
भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्