वाग्मती प्रदेशसभाको अधिवेशन माघ ७ गते बोलाउन सिफारिश



काठमाडौं पुस १७ ।

वामग्ती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्‌वानको सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो ३ बजेका लागि प्रदेशको सातौं अधिवेशन आह्‌वानको सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।

वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड(नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेललाई दलको नेताबाट पनि हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरिसकेको छ । गत पुस ९ गते नै हटाइएको प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिएका थिए ।

पुस १० गते मुख्यमन्त्रीविरूद्ध नेकपाका ४५ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्ताव सामना गर्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्