विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु



एजेन्सी पुस,२४ ।

भारतको उत्तर प्रदेशमा विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको बुलन्द सहरमा विषक्त रक्सी सेवनका कारण ५ जनाको मृत्यु र अन्य १५ जना बिरामी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । गाउँलेले प्रहरीको मिलेमतोमा विषक्त रक्सी बेचविखन हुँदै आएको आरोप लगाएका छन् ।

घटनापछि रक्सी बिक्री गर्ने व्यक्ति फरार रहेका छन् । उक्त घटनालाई लिएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । स्थानीय अधिकारीहरुले विषक्त रक्सी सेवनका कारण बिरामी परेकाहरुको आवश्यक उपचार गर्न निर्देशन दिइसकेका छन् ।

प्रहरीको लापरवाहीका कारण विषाक्त रक्सी बेचविखन भइरहेको पाइएपछि प्रहरी चौकीका इन्चार्जसहित अन्य केहीलाई निलम्बन गरिएको छ । यसका साथै यस घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्