भारतको एक अस्पतालमा भीषण आगलागी हुँदा १० नवजात शिशुको मृत्यु



एजेन्सी,पुष २५ ।भारतको एक अस्पतालमा भीषण आगलागी भएको छ।भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको हो। यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो ।

आगलागीमा परी  १० नवजात शिशुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ ।

अस्पतालका सिभिल सर्जन प्रमोद खांडतेले आगलागी न्यूबर्न केयर युनिटमा बिहानै २ बजे लागेको हो । युनिटबाट सात शिशुलाई बचाइएको छ । जानकारी अनुसार उक्त वार्डमा करिब १७ शिशु भर्ना गरिएको थियो । यहाँ नाजुक स्थितीमा भएका बच्चालाई राखिन्छ । सबैभन्दा पहिले एक नर्सले वार्डबाट धुँवा निस्किएको देखिन् । त्यसपछि उनले तुरुन्त अस्पताल अधिकारीलाई यसको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्