नेपालको कम्युनिष्ट आन्दोलनमा ओलीले गद्दारी गरे : योगेश भट्टराई



सुर्खेत पुस २६ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा गद्दारी गरेको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा नेकपाका युवाहरुले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलनमा ओलीले गद्दारी गरेको आरोप लगाए ।

‘ओलीले व्यक्तिगत स्वर्थका लागि कम्युनिस्ट आन्दोलनलाई नै विभाजन गर्न खोजेका छन्, इतिहासमा यस्ता नेता आउँछन् जान्छन्,’ भट्टराईले भने, ‘कमरेड ओलीलाई याद होस्, हिजो केशरजंग रायमाझीले गद्दारी गर्दा कम्युनिस्ट आन्दोलन झनै एकताबद्ध भएको थियो ।’

दलसम्बन्धी व्यवस्था अनुसार निर्वाचन आयोगले आफूहरुलाई नै चुनाव चिन्ह सूर्य दिनेमा ढुक्क रहेको नेता भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्