विराट र अनुष्कालाई पुत्रीलाभ



एजेन्सी, पुष २८ । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र उनकी पत्नी बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्रीलाभ भएको छ ।

सोमबार आफ्नो ट्विटर अकाउन्टमा विराटले छोरी जन्मेको सुखद खबर दिएका हुन् । अनुष्का तथा विराटकी छोरीको जन्म मुम्बईको ब्रीच क्यान्डि अस्पतालमा भएको उल्लेख छ।

विराटले सामाजिक संजालमा लेखेका छन्– ‘हामी दुबै जना निकै खुशी छौ। हामीलाई पुत्री लाभ भएको छ । हामी सबैको माया र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छौ। अनुष्का र हाम्री छोरी स्वस्थ छन् र हामी जिन्दगीको नयाँ अध्याय सुरु गर्न जाँदैछौ । यो समयमा हामीलाई थोरै मात्रामा भएपनि गोप्यता चाहिएको छ भन्ने कुरामा तपाइहरु सबै समझदार हुनुहुन्छ भन्ने लागेको छ ।’

विराट र अनुष्काको तीन वर्षअघि विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्