संसद् विघटन ओलीको प्रतिगमन भन्दै नेकपाको नुवाकोट क्षेत्र नं १ स्तरीय अगुवा कार्यकर्ता भेला



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र न: १ स्तरीय बृहत् अगुवा कार्यकर्ता भेला । तस्बिर सौजन्य : पञ्चकन्या गाउँपालिका वडा नं १ का अध्यक्ष मणिनाथ लामिछाने ।

नुवाकोट पुस २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरी प्रतिगमन निम्त्याएको भन्दै त्यसविरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र न: १ स्तरीय बृहत् अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ ।

बुधबार बिहान ११ बजेका लागि तोकिएको भेला केही ढिला गरी सुरु भएको भेलामा सहभागी नेकपा समर्थक रामहरि भण्डारीले जानकारी दिए । भेला लिखु गाउँपालिका वडा न. ६ छहरे बजारमा जारी छ ।

भेलामा पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य तथा संघीय सांसद हितबहादुर तामाङ, पूर्वसांसद राजेन्द्र प्रकाश लोहनीलगायतले प्रशिक्षक दिने छन् । भेलामा अन्य अतिथि वक्ताहरुको साथमा जनकलाकार निर्मला घिसिङ लगायतको प्रस्तुति रहने आयोजकले बताएको छ ।

पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजन भएको छ । ओली समूह र प्रचण्ड, नेपालको समूह फरक-फरक कित्तामा उभिएका छन् । दुवै समूहले आफ्नो पार्टीले आधिकारिता पाउने दाबी गर्दै आएका छन् । नुवाकोटमा प्रचण्ड-नेपाल समूहले आफ्नो पक्षमा केन्द्रमा जस्तै बहुमत नेता, कार्यकर्ता रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्