अदालतको निर्णय प्रक्रियामा सडकबाट प्रभावित नगरौं : देउवा



काठमाडौं माघ ३ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय प्रक्रियामा सडकबाट प्रभावित गर्न नहुने बताएका छन् ।

पर्वतको शंकरपोखरीमा आयोजीत शहिद हरीदत्त तिवारीको १८ औं स्मृति सभामा बोल्दै सभापति देउवाले संसद विघटन सम्बन्धि मुद्धालाई सडकबाट प्रभावित गरेर अदालतलाई यो गर त्यो गर भन्न नहुने बताएका हुन् ।

देउवाले सडकबाट नै माग पुरा गराउने हो भने, अदालतको औचित्य सकिने समेत बताए । संसद विघटन गर्नु गल्ती भएपनि अदालतले दिने निर्णय कांग्रेसले स्विकार गर्ने देउवाको भनाई थियो । उनले विचारधिन मुद्धामा सडकमा निस्केर यस्तो निर्णय गर भन्नु लोकतन्त्रको मर्म विपरित रहेको तर्क गरे । स्वतन्त्र न्यायपालिकालाई आफै काम गर्न दिनुपर्ने धारणा राख्दै देउवाले स्वतन्त्र न्यायपालिकाको पक्षमा नेपाली कांग्रेस ढृद रहेको तर्क गरे ।

उनले अदालतले चुनावमा जाने निर्णय गरेको खण्डमा चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए । उनले भाषण गरेर भन्दा जनताको घरदैलोमा गएर कार्यकर्तालाई पाटीमा आकर्षित गर्न सकिने चुनावी रणनीति पनि सुनाए । सभापति देउवाले अदालतले चुनावमा जाने निर्णय दिए पनि प्रधानमन्त्री केपी ओलीले चुनाव गराएनन भने उनी जनताबाट भाग्नुपर्ने अवस्था आउने चेतावनी दिए ।

अदालतले २ बर्ष पछि निर्वाचन गर्ने गरी संसद पुर्नस्थापना गरे पनि २ बर्ष पछि हुने निर्वाचनको तयारीमा कांग्रेस अहिल्यैबाट लाग्नुपर्ने देउवाको भनाई छ । उनले पाटी एक भएर निर्वाचनमा जानुपर्ने धारणा राख्दै आफू सभापति भएको नाताले पाटी भित्र सवैलाई मिलाउने मुख्य दायित्व भने आफ्नै रहेको बताए । देउवाले एकताबद्ध कांग्रेसले मात्र चुनाव जित्ने भन्दै नेकपा जस्तै पाटी विभाजनमा नलाग्न नेताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्