संसद् विघटनविरुद्ध कांग्रेसले भोलि प्रदर्शन गर्दै, सहभागी हुन देउवाको अपिल



काठमाडौं माघ २ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार संसद् विघटनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।

देशभरका ७५३ स्थानीय तहमा कांग्रेसले गर्न लागेको प्रदर्शनमा सहभागी हुन देउवाले आग्रह गरेका हुन्। शुक्रबार विज्ञप्ति जारी गर्दै देउवाले विरोध प्रदर्शनमा सहभागी भई कार्यक्रमलाई प्रभावकारीरूपमा सफल बनाउन अपिल गरेका हुन्।

उनले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर कांग्रेसले गरेको र पार्टी एकमत रहेको बताएका छन्। ‘संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं। संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ,’ उनले भनेका छन्, ‘पार्टीका सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।’

प्रतिक्रिया दिनुहोस्