इन्डोनेसियामा भुकम्प, २६ जनाको मृत्यु



एजेन्सी माघ २ ।

इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रवार बिहान ६.२ म्याग्निच्युडको भूकम्प गएपछि २६ जनाको मृत्यु भएको छ र सयौंजना घाइते भएका छन् ।

बीसौं घर र एक ठूलो अस्पताल क्षतिग्रस्त भएका छन् । मामुजु शहरमा भूकम्प आएको इन्डोनेसियाको विपत नियन्त्रण निकायले जनाएको छ । भूकम्प जम्मा १८ किलोमिटरको गहिराइबाट शुरू भएको थियो । उद्धारकार्य चलिरहेको छ ।

भूकम्पपछि अनेकौं परकम्पहरू आएका थिए । विपत व्यवस्थापन विभागका प्रमुख रादित्य जातिले दुई हजार स्थानीयलाई उक्त क्षेत्रबाट अन्तै सारिएको बताए । तीमध्ये केही अस्थायी शिविरमा बसिरहेका छन् ।

भूकम्पका कारण विद्युत् आपूर्ति पनि ठप्प भएको छ । प्रशान्त महासागरको रिंग अफ फायरमा पर्ने इन्डोनेसियामा भूकम्पको अति जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्