‘यो सरकार कामचलाउ होइन, सबै काम गर्न पाउँछ : सुभासचन्द्र नेम्वाङ



काठमाडौं माघ ३ ।

पूर्व सभामूख तथा नेकपा नेता सुभासचन्द्र नेम्वाङले अहिलेको सरकार वैधानिक सरकार भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज राजधानीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेता नेम्बाङले निर्वाचन आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक नगरुन्जेलसम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संविधान अनुसार वैधानिक रहेको बताए । नेम्वाङले सरकार काम चलाउन नभएको दाबी गरेका छन्।

नेकपा ओली पक्षको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन्। सरकारले अहिले सबै काम गर्न पाउछ। यो कामचलाउ सरकार होइनु उनले भने, निर्वाचन आयोगले आचारसंहिता घोषण गरेपछि केही रोकिन सक्छ। तर, अहिले सरकारले सबै काम गर्न सक्छ।

निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि भने सरकारका कतिपय काममा स्वतः अवरोध सृजना हुन सक्ने नेता नेम्बाङको भनाइ छ । उनले हालको सरकारमा जस्तो सुकै काम गर्ने अधिकार रहेको पनि प्रष्ट पारेका छन् । उनले देश अब निर्वाचनमा गइसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्