प्रतिनिधि सभा विघटनको कदम सच्याउनुपर्छ : शशांक कोइराला



नवलपुर माघ ३ ।

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रतिनिधि सभा विघटनको कदम सच्याउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसद्वारा देशभरिका सबै पालिकाहरुमा गरिएको विरोध कार्यक्रमको क्रममा नवलपुर जिल्लाको देवचुली नगरपालिकामा भएको विरोध सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित संस्थालाई संविधानभन्दा बाहिर गरेर विघटन सिफारिस गर्नु आपत्तिजनक रहेको उनको भनाई थियो ।

उनले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिबार नै नदिएको पनि बताए । प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक र असंवैधानिक कदम भएकाले कांग्रेसले विरोध जारी राखेको उनको भनाइ थियो । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि कांग्रेसले विरोध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्