केटाकेटीलाई मन्त्री बनाए पुक्क लात्ताले हानेर भागे– प्रधानमन्त्री ओली



काठमाडौं माघ ३ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केटाकेटीलाई मन्त्री बनाउँदा लात्ताले हानेर भागेको आरोप लगाएका छन् ।

पूर्व पर्यटनमन्त्री योगेश भट्टराईप्रति लक्षित गर्दै उनले मन्त्री बनाएपछि लात्ताले हानेर भागेको आरोप लगाए। उनले भने ‘बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहान्न । हाम्रै प्रदेशमा पनि त्यस्तो देखिएको छ । दौडी दौडी गएर भोट मागियो, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाइदिन्छु भनियो, मन्त्री पनि बनाइयो । पुक्क लात्ताले हानेर भाग्यो, को भनेर हेरेको त उही केटो रैछ ।’

ओलीले आफू त्यस्ता कुरामा नअल्झिने बताउँदै पार्टीमा युवाहरुको कमी नभएको बताए। साथै उनले प्रदेश १ लाई निर्वाचनमा अत्याधिक मत ल्याएर १ नम्बर प्रदेश बनाउन अग्रसर भएर लाग्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले २०७४ को निर्वाचनको समयमा योगेश भट्टराईको निर्वाचन क्षेत्रमा गएर भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने प्रतिबद्धता जनाएका थिए । पछि उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि भट्टराई लगायत दाहाल–नेपाल समूहका ७ मन्त्रीले सामुहिक राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्