दाहाल–नेपाल पक्षले माघ ९ गते विशाल प्रदर्शन गर्ने



काठमाडौं माघ ३ ।

नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते संसद विघटन विरुद्ध काठमाडौंमा बृहत प्रदर्शन गर्ने भएको छ ।

शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विेशष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले सो निर्णय गरको हो । यसअघि माघ १६ गते गर्ने भनिएको प्रदर्शन माघ ९ गते गर्न लागिएको नेकपा माधव पक्षका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेलगत्तै त्यसको विरुद्धमा नेकपा प्रचण्ड–माधव पक्षले देशव्यापी रुपमा विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्