इन्डोनेसियामा भूकम्पबाट ५६ जनाको मृत्यु



जाकर्ता माघ ४ ।

इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ ।

इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६‍.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । यस भूकम्पमा परी शुरुमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको थियो । हाल यो संख्या बढेर ५६ पुगेको सो निकायले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्