राज्यमन्त्रीबाट हटाइएका दुगड प्रधानमन्त्रीको सल्लाहाकार नियुक्त



काठमाडौं माघ ४ ।

राज्यमन्त्रीबाट हटाइएका उद्योगपति मोतीलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहाकार नियुक्त भएका छन् ।

मन्त्री सरहको सुविधासहित उनलाई प्रधानमन्त्रीले प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन्। पुस १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगडलाई हटाइएको थियो।

पुस २९ गतेको मन्त्रिपरिषद बैठकले उनलाई आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि प्रमुख आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री युवराज खतिवडालाई नियुक्त गरेका थिए। खतिवडा अहिले अमेरिकाका लागि नेपाली राजदूत छन्।

प्रतिक्रिया दिनुहोस्