संघीय संसदमा वाग्मती प्रदेशबाट प्रचण्ड–नेपाल पक्षको बलियो उपस्थिति, कुन सांसद कसका पक्षमा ? (हेरौं सूचीे)



काठमाडौं माघ ४ । प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाका दुवै पक्ष अहिले नेता, कार्यकर्ता तानातानमा छन् ।

आफ्नो विचार बुझाउन र शक्ति पहिचान गर्न केन्द्रदेखि स्थानीय तहसम्म बैठक, भेला, सडक आन्दोलनका शृंखला जारी राखेका नेकपा प्रचण्ड–नेपाल–खनाल पक्ष र केपी ओली पक्षले आ–आफ्नै पक्षमा बहुमत रहेको दाबी पनि गरिरहेका छन् । त्यत्तिमात्रै होइन, निर्वाचन आयोगले दलको मान्यता दिइनसक्दै दुवै पक्षले पार्टी आधिकारिकता र सूर्य चुनाव चिह्‍नसमेत आफ्नो हुने सार्वजनिक रुपमै नेताहरुले बोलिरहेका छन् ।

नेताहरुले बहुमतको दाबी गरिए पनि केही उदाहरण लिँदा तथ्य र तथ्यांकमा नेकपा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल पक्ष बलियो देखिन्छ । उसका नेताहरुले संसद् पुनर्स्थापना भएमा आफ्नो दल सबभन्दा ठूलो हुने दाबी गरेका छन् ।

यद्यपि संसद् विघटन विरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ प्रक्रियामा छ । ओली पक्षले भने वैशाखमा निर्वाचनमा हुने र आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरिरहेको छ । तर प्रचण्ड-नेपाल पक्षले ओलीले पुस ५ गते असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको भन्दै आन्दोलनसमेत जारी राखेको छ ।

यिनै नेताहरुको दोहोरीबीच हामीले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभामा वाग्मती प्रदेशबाट नेकपा सांसदहरु को कुन पक्षमा उभिएका छन् भन्ने केलाउने कोसिस गर्‍यौं । यद्यपि कतिपय सांसदहरु तटस्थ र केही कित्ता फेरिरहेको अवस्थाले गर्दा यो तथ्यांकलाई प्रारम्भिक मानेका छौं ।

वाग्मती प्रदेशका १३ जिल्लामा संघीय निर्वाचन क्षेत्रअन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फबाट नेकपाका ३९ सांसद छन् । जसमध्ये २२ जना प्रचण्ड–नेपालको कित्तामा छन् भने ओली पक्षमा १७ जनामात्रै देखिए । प्रतिनिधिसभामा प्रचण्ड–नेपालको वर्चस्व देखिएको छ भने राष्ट्रियसभामा पनि ओली पक्ष कमजोर छन् ।

राष्ट्रियसभामा वाग्मतीबाट नेकपा ७ जना सांसदमा ओली पक्षमा २ जना मात्रै देखिए पनि ४ जना प्रचण्ड(नेपाल समूहमा छन् । पछिल्लो चरणमा राष्ट्रिय सभामा मनोनीत भएका नेता वामदेव गौतम भने तटस्थ देखिएका छन् ।

काठमाडौंमा १५ सांसदमध्ये ओली पक्षमा ८ जना र प्रचण्ड(नेपाल पक्षमा ७ जना देखिए । भक्तपुरमा एकमात्रै सिट जितेकोमा ती सांसद ओली पक्षमा उभिएका छन् । ३ सिट रहेको ललितपुरमा प्रचण्ड–नेपाल पक्षमा २ र ओली समूहमा १ जना छन् ।

सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, सिन्धुली, चितवनमा ओली समूहको संघीय संसद्‌मा प्रतिनिधित्व शून्य देखिएको छ भने प्रचण्ड–नेपाल समूहको भक्तपुर, दोलखा र धादिङबाट प्रतिनिधि नदेखिने भएको छ ।

नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले दिएको जानकारी अनुसार र संघीय संसद् सचिवालयको वेबसाइटको सहायतामा तयार पारिएको सूची ।

प्रतिक्रिया दिनुहोस्