ओलीले संसद होइन संविधान विघटन गरेको हो : दाहाल



काठमाडौ,माघ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले जबजको आधार र सिद्धान्तलाई त्यागेको बताएका छन ।

अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा नेकपा अध्यक्ष दाहालले नेकपामा जबजको आधार र सिद्धान्तलाई सबैभन्दा पहिले प्रधानमन्त्री ओलीले त्यागेको दाबी गरेका हुन ।

अध्यक्ष दाहालले प्रतनिधिसभा विघटनको विषयमा अदालतमा बहस चलिरहेको बताउदै अदालतले न्यायोचित फैसला गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले संसद विघटन नभई संविधान विघटन गरेको उनले दाबी गरे ।

नेपाली जनताको लामो प्रतीक्षा र ठूलो संघर्षपछि प्राप्त संविधानको रक्षाका लागि नेपाली जनताले अन्तिम समयसम्म लडिरहने अध्यक्ष दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्