बक्यौताको ७२ प्रतिशत भुक्तानी



काठमाडौं, माघ ६ । उखु किसानको बक्यौता भुक्तानीका लागि सरकार र उखुु किसानबीच सहमति भएको २१ दिनको समयसीमा पूरा भएको छ तर उक्त अवधि बित्दा पनि किसानले पूरै भुक्तानी पाएका छैनन् ।

सरकारले ७२ प्रतिशत भुक्तानी भइसकेको दाबी गरेको छ तर किसानले भने सम्झौताअनुुसार रकम भुक्तानी नभएको भन्दै उखुु किसानले पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

बक्यौता रकम माग गर्दै उखु किसानले आन्दोलन गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबीच पुस १३ गते चार बुँदे सम्झौता भएको थियो ।
सम्झौतापत्रको बुँदा नं १ मा उखुु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीको सम्पत्ति रोक्का राख्ने, नगद कारोबार रोक्का राख्ने र थुुनुुवा पुर्जी जारी गर्नेलगायतका कारबाही प्रक्रिया सुरु भइसकेको जनाइएको छ ।

तोकिएको म्यादभित्र बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी थप कानुुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने सम्झौतामा उल्लेख गरिएको छ ।

गृह मन्त्रालयका अनुसार किसानले पाउनुुपर्ने बक्यौता रकममध्ये ७० करोड ५८ लाख रुपियाँमध्ये हालसम्म ५१ करोड ३८ लाख रुपियाँ भुक्तानी भइसकेको छ । मन्त्रालयका सूचना अधिकारी प्रेम लामिछानेले किसानले पाउने रकममध्ये ७२ प्रतिशत रकम प्राप्त गरिसकेको जानकारी दिए ।

कति किसान र कुनकुन किसानले रकम पाए, पाएनन् त्यसको तथ्याङ्क मन्त्रालयलाई प्राप्त नभएको भन्दै पनि कुन उद्योगीले कतिकति रकम बुुझाए त्यसको तथ्याङ्क मात्र जिल्ला प्रशासन कार्यालयमार्फत आएको उनका भनाई छ ।

गृह मन्त्रालयका अनुसार श्रीराम सुुगर मिलले ४० करोड ४६ लाखमध्ये ३५ करोड ७५ लाख, अन्नपूर्ण सुुगर मिलले १७ करोडमध्ये ११ करोड २७ लाख, लुुम्बिनी सुुगर मिलले आठ करोड ४१ लाखमध्ये चार लाख १६ लाख र इन्दिरा सुुगर मिलले चार करोड ७० लाखमध्ये एक करोड ५० लाख रुपियाँ भुुक्तानी गरेका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्