एनपिएल विजेताले डेढ करोड रुपैयाँ पाउने
काठमाडौं,कात्तिक ८ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको हो।
क्यानका अनुसार उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

