सुनको मूल्य बढ्यो



काठमाडौ, माघ ६ । मंगलबार सुनको मुल्य तोलामा ४०० रुपैयाले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैंयामा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैंयामा कारोबार भएको छ । चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर मंगलबार १२ सय ४५ रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ ।

सोमबार चाँदीको मुल्य प्रतितोला १२ सय ३० रुपैया रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्