प्रतिनिधि सभा विघटनविरुद्ध राष्ट्रिय सभाको नमुना बैठक राखि विरोध



काठमाडौं माघ ७ ।
नेपाल टिन लिडर्सले प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा नमुना राष्ट्रिय सभा बैठक बसि विरोध जनाएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गमा नेपाल टिन लिडर्समा आवद्ध युवायुवतीहरुले राष्ट्रिय सभाको नमुना बैठक राखि विरोध जनाएका हुन् ।

उक्त नमुना बैठकमा बोल्दै सहभागीहरुले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानीक र अलोकतान्त्रिक भएको बताए ।

साथै उनीहरुले संसद विघटनप्रति खबरदारी जनाउँदै संसद पुनस्थापना हुनुपर्नेमा जोड दिएका छन् । सर्वोच्च अदालतले संसद विघटनको कदमलाई उल्ट्याएर प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्