वडास्तरीय विरोध कार्यक्रममा सहभागी हुन देउवाको अपिल



काठमाडौं माघ ७ ।

नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले पार्टीको वडास्तरीय प्रदर्शनमा सहभागी भएर,संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध काँग्रेसले भोलि माघ ८ गते ६ हजार ७ सय ४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेका हुन् ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध काँग्रेसमा एकमत भएको देउवाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्