कोरोना संक्रमणबाट जिम्बाब्बेका विदेशमन्त्रीको निधन



एजेन्सी,माघ ८ । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । संक्रमण पुष्टि भएको एक दिनपछि बुधबार मोयोको निधन भएको हो ।

राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उनको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् ।

उनका एक भाइले भनेका छन्, ‘मेरा दाजुको कोरोनाका कारण निधन भएको छ, उनलाई हिजो मात्रै कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो ।’ जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उनी तेस्रो मन्त्री भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्