गण्डकी प्रदेश सरकारले कोरोना प्रभावित उद्यमी व्यवसायीलाई बिना ब्याज ऋण उपलब्ध गराउने



काठमाडौं माघ ८ ।

गण्डकी प्रदेश सरकारले कोरोनाका कारण प्रभावित भएका उद्यमी व्यवसायीलाई ब्याज नलिइकन ऋण उपलब्ध गराउने भएको छ ।

५० लाख र त्यसभन्दा कम कारोबार भएका उद्यमी व्यवसायीले यही माघ २१ गतेदेखि फागुन २० गतेसम्म कागजातसहित निवेदन पेस गर्न सकिने गण्डकी प्रदेश सरकारले सूचनामार्फत जनाएको छ । कोरोनाले प्रभावित भएका क्षेत्रहरु लघु, घरेलु तथा साना उद्यम अन्तर्गतका व्यवसायहरु, साना पर्यटन व्यवसाय, साना यातायात व्यवसाय, र सेवामूलक व्यवसाय गर्नेहरुले यो ऋण पाउनेछन् ।

विना ब्याजको ऋण पाउनका लागि गण्डकी प्रदेशभित्र उद्यम, व्यवसाय सञ्चालन गरेको नेपाली नागरिक हुनुपर्ने, बैंक कसुरअन्तर्गत कारबाही नभएको, कालो सूचीमा नपरेको, स्थायी लेखा नम्बर लिएको लगायत हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्