संसद् पुनर्स्थापनाको माग गर्दै बेलुन उडाएर प्रदर्शन



काठमाडौं माघ ८ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघले बेलुन उडाएर प्रदर्शन गरेको छ ।

केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट संसद् विघटन विरुद्ध युवा संघले बेलुन उडाएर विरोध जनाएको हो । संसद् पुनर्स्थापनाको माग सहित युवा संघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । बुधबार मोटरसाइकल र्‍याली निकालिइएको थियो ।

दोस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेको छ । त्यसका लागि राजधानी बाहेक नजिकका जिल्लाहरुबाट समेत जनशक्ति ल्याइएको छ । शुक्रबार यो समूहले राजधानीका विभिन्न ठाउँबाट जुलुस निकाल्दैछ ।

संसद् पुनर्स्थापनाको माग गर्दै यो समूहले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्