प्रधानमन्त्री केपी ओली र अमेरिकी राजदूत बीच शिष्टाचार भेट



काठमाडौं माघ ८ ।

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीलेआज प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
आज विहान राजदूत बेरी प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले हिजोमात्र सपथ लिनुभएको छ । त्यसपछि आज अमेरिकी राजदूत प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको हो ।

त्यस अवसरमा उहाँहरुबीच अमेरिकामा नयाँ राजनीतिक नेतृत्वको आगमन र नेपाल अमेरिका सम्बन्धका बारेमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्