प्रधान न्यायाधीशलाई गगन थापाले भने : धर्म, न्याय एंव विवेक पुर्‍याई वक्सियोस्



रुपन्देही माघ ८ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले वर्तमान सरकारले गत पुस ५ गते गरेको संसद् विघटन कार्य असंवैधानिक एंव अलोकतान्त्रिक मात्रै नभई, अनाधिकृत भएको टिप्पणी गरेका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम तथा वर्तमान सरकारले सृजना गरेको भ्रष्टाचार र कुशासनको’ विरुद्धमा विहिवार नेपाली कांग्रेस बुटवल उपमहानगर समितिद्धारा बुटवलमा आयोजित विरोध सभालाई सम्वोधन गर्दै, नेता थापाले यस्तो वताएका हुन् । सभालाई सम्वोधन गर्ने क्रममा नेता थापाले, नशाको मतमा भएर संविधान नलेखिएको भन्दै, बहुमतको सरकारले संसद् विघटन गर्न पाउने भनेर वुँदा उल्लेख नगरिएको वताए । संविधानका वुँदा स्पष्ट छन्, संसद् विघटन गर्न पाईदैन् । वरु, संसद्मा प्रधानमन्त्रीले बहुमत वनाउन नसकेर कमजोर भएको अवस्थामा संसद् विघटन हुन सक्ने बताए ।

साथै नेता थापाले भने, संसद् विघटन कार्यमा प्रधानमन्त्री केपी शर्मा ओली मात्रै दोषी नभएको वताउँदै सिङ्गो नेकपा पार्टी नै दोषी भएको वताए । कोभिडको वेला काम गर्न नदिएकाले संसद् भंग गरेको हुँ, भन्ने प्रधानमन्त्री ओलीको भनाई आएको जनाउँदै, उक्त भनाई गलत रहेको उनले बताए । संसद् विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको र वहस पनि जारी रहेकाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई नेता थापाले भने, ‘श्रीमान् संसद् विघटन कार्य असंवैधानिक एंव अलोकतान्त्रिक विधि विपरित भयो भन्ने मुद्धामा वहस भैरहेकाले वाहिरी भाषण तथा वन्द कोठा भित्रको खासखुसले विचलित नभई, धर्म, न्याय र विवेक पुर्‍याई वक्सियोस् ।’

आफुले अदालतको पूर्ण भरोसा विश्वास राखेको वताउँदै, ढिला नगरी चाँडै फैसला गर्न आग्रह गरे । उनले, (नेकपा)का नेताहरुले अहिले हामी यता छौं भनेर फोटो प्रर्दशन गरिरहँदा कोभिडको वेला तपाईहरु कहाँ हुनुहुन्थ्यो रुु कोही प्रधानमन्त्री वन्न पाउने ललिपपमा प्रधानमन्त्रीको निवासमा, कोही अध्यक्ष पाउने हुडहुडीमा त कोही सर्प पाल्न तिर ठिक्क भएको जिकिर गर्दै, कोभिडको वेला जनतालाई कसरी वचाउन सकिन्छ भन्नेमा कहिल्यै वहस गर्नुभयो भनी प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्