प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शन काठमाडौंमा सुरु



काठमाडौ,माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शन काठमाडौंमा सुरु भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न ठाउँबाट प्रदर्शन सुरु गरेको छ। समूहले आजको प्रदर्शन शान्तिपूर्ण हुने बताएको छ ।

चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाले आज काठमाडौंमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो ।

सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्