प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना सर्वोच्चकोे इजलासमा पेश



काठमाडौं माघ ९ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना सर्वोच्च अदालतको इजलासमा पेश भएको छ ।

बिहिवारको बहसमा अधिवक्ता ओमप्रकाश अर्यालले र वरिष्ठ अधिवक्ता डा। टीकाराम भट्टराईले राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएका थिए । शुक्रवार इजलास सुरुवात भए लगत्तै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सूचना पेश गरेका थिए ।

बिहिवार संसद् विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद् विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना पेश गर्न भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्