प्रधानमन्त्री ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेटिङमा संसद विघटन गरे बाबुराम भट्टराई



बुटवल माघ ९ ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले अमुक शक्तिको सेटिङमा संसद विघटन भएको बताएका छन् ।

संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेटिङमा संसद विघटन गरेको भट्टराईको दाबी छ ।

प्रेस नेपालले शुक्रवार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको जिकिर गरे । असंवैधानिक तरिकाले गरिएको संसद विघटनले मुलुक दुर्घटनामा धकेलिएको उनको भनाइ थियो ।

यसबाट देशमा विदेशी हस्तक्षेप बढ्ने खतरा औंल्याउँदै भट्टराईले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर दुर्घटनाबाट बचाउनुपर्ने बताए । उनले आगामी बैशाखमा चुनाव हुन नसक्ने ठोकुवा पनि गरे । संसद पुनःस्थापना नगरी हुने चुनावबाट कसैको बहुमत नआउने र मुलुक संवैधानिकरुपमा सधैंका लागि अस्थिरतामा फस्ने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्