ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहन्छ : झलनाथ खनाल



काठमाडौं माघ ९ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफूहरुले केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गरेको बताएका छन् ।

नेकपाले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा उनले यस्तो बताएका हुन् ।

नेता खनालले ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहने बताए । ओली प्रतिगमनकारी भएको बताउँदै उनले ‘ओली कमरेड नरहेको’ बताए ।

उनले ओलीलाई कम्युनिस्ट आन्दोलनका भगौडासमेत भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्