अलोकतान्त्रिक कदमविरुद्ध कमरेड केपी ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिन्छौं :नेता भुषाल



काठमाडौं माघ ९

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर इतिहासमा डरलाग्दो घटना घटाएको टिप्पणी गरेका छन् ।

संसद विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले गरेको जनप्रदर्शनमा सम्बोधन गर्दै उनले यस्ता टिप्पणी गरेको हुन्। उनले वास्तविक दुनियाँमा स्यालहरूले रजाइँ गर्न नसक्ने समेत बताए । विकास र समृद्धिको कुरा नगरी कमरेड ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको समेत आरोप लगाए ।

‘ओलीको काम ताण्डवको नाच जस्तो भयो । असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कमरेड केपी ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिन्छौं ।’ उनले ओलीलाका साइबर सेना भनिनेहरुलाई साइबर स्यालको संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस्