कमल थापाले भने : प्रजातन्त्रलाई सही बाटोमा ल्याउन सकारात्मक भूमिकाको खाँचो छ



मकवानपुर माघ ९ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका निमित नयाँ युवापुस्ता अब अग्रसर हुनुपर्ने बताएका छन् ।

मकवानपुरगढी गाउँपालिकामा आयोजित राप्रपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मुलुकलाई आर्थिक समृद्धि, सुशासन र प्रजातन्त्रलाई सही बाटोमा ल्याउन सबै दलहरुको सकारात्मक भूमिकाको खाँचो रहेको बताए । उनले पार्टीले राजनीतिक स्थायीत्वका लागि संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा स्पष्ट मार्गचित्रका साथ अघि बढेको बताए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यद्वय मधु अधिकारी र राजाराम बर्तौलाले दिगो शान्ति, प्रजातन्त्रको सुदृढीकरण र जनतालाई आर्थिक समृद्धितर्फ आत्मनिर्भर बनाउन पार्टीले जोड दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्