मुलुक निर्वाचनमा जाने अवस्थामा रहेको छैन :शशांक कोइराला



काठमाडौं माघ १० ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिले मुलुकमा राजनीतिक अस्थिरता बढेको र यो समयमा निर्वाचन सम्भव नभएको बताएका छन् ।

कन्चनपुरको महेन्द्रनगर पुगेका कोइरालाले शनिबार विहान आयोजित पत्रकार सम्मेलनमा कम्युनिस्ट पार्टी अहिले फुटिनसकेको पनि बताए । उनले निर्वाचन आयोगमा बाँकी रहेका मुद्दाहरुमा छिनोफानो नभएसम्म अहिले निर्वाचनको वातावरण पनि नबन्ने बताए ।

निर्वाचनको सम्भावना कम भएकाले अहिले चुनाव हुन्छ भन्ने सपना पनि नभएको उनको धारणा छ । ‘त्यसैले अहिले पहिलो प्राथमिकता संसद् पुनस्र्थापना हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘अहिले मुलुक निर्वाचनमा जाने अवस्थामा रहेको छैन ।’

प्रतिक्रिया दिनुहोस्