धरानमा प्रतिनिधिसभा विघटनविरुद्ध धरानमा माधव-प्रचण्ड पक्षको प्रदर्शन



धरान माघ १० ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा नेकपा माधव-प्रचण्ड पक्षले धरानमा शक्ति प्रदर्शन गरेका छन् ।
धरानका २० वटै वडाबाट निकिएको विरोध र्‍याली धरान बजार परिक्रमा गरेर भानु चोकमा आएर सभामा परिणत भएको थियो। धरानको सिंहदेबी चोकबाट निकिएको विरोध र्‍याली पुरानु बजार, माछा भौडी, देशिलाइन, भोटेपुल, धनकुटेरोड, बुद्ध चोक, चतरालाइन, छाता चोक कलेज रोड हुँदै भानुचोकमा आएर शभामा परिणत भएको हो। सभामा बोल्दै नेपाल-दाहाल पक्षका स्थायी समिति सदस्य तथा प्रदेश १ का इन्चार्ज भिम आचार्यले प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको आरोप लगाए।

उनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी अदालत र निर्वाचन आयोगलाई समेत आफ्नो नियत्रणमा राखेको बताए। नेता आचार्यले ओली पूर्वराजा ज्ञानेन्द्रभन्दा पनि निरङ्कुश भएको बताए। उनले ओलीको पनि हालत ज्ञानेन्द्रकै जस्तो बनाइदिने चेतावनी दिए। आचार्यले ओलीका उखान टुक्काले २/४ जनालाई हसाएर मात्र देश चालाउन नसकिने भन्दै देश चलाउन भिजन र योग्यताको आवश्यकता चाहिने बताए।

कार्यक्रममा प्रदेश सदस्य रमेश र मुक्साहाङ मेन्याङ्बोले ओलीको असंवैधानिक कदमविरुद्ध सुनसरीमा शसक्त आन्दोलन गर्ने बताए। दुबैले आजको आन्दलनले ओलीपक्षधरहरुको सातो गएको बताए।

प्रतिक्रिया दिनुहोस्