संबैधानिक अस्पष्टता र बिबादको निराकरण अदालतले गर्छ : कमल थापा



हेटौडा माघ १० ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र बिबादको निराकरण सर्वोच्च अदालतले गर्ने बताएका छन् ।

अदालतलाई कुनै पनि पक्षले दबाब र प्रभाव दिन नहुने थापाको भनाइ छ । गृहजिल्ला हेटौंडामा रहेका थापाले जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा बोल्दै थापाले १४ वर्ष देखीको गलत र त्रुटिपूर्ण राजनैतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताए ।

अब सबै अट्ने राजनैतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिए । आफ्नो स्वार्थ सिद्ध गर्न देश, जनता र प्रजातन्त्रलाई दाउमा राख्न नहुने भन्दै थापाले बिप्लब माओवादीदेखि राजासम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्