प्रधानमन्त्री ओलीले बालुवाटारमा भेटे पूर्वजनमुक्ति सेनाका कमान्डरहरुलाई



काठमाडौं माघ १० ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमान्डरहरुलाई भेटेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उनीहरुसँग भेट गरेका हुन्।

भेटमा उनले जनमुक्ति सेनाको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाको तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुरुपयोग गरेको आरोप लगाए। आफूले जनमुक्ति सेनाको भावना र समस्या बुझेको बताउँदै समस्याको राजनीतिक रुपमा समाधान गर्ने आश्वासन दिएका छन्।

उनले भने, जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ। नेतृत्वले तपाईहरूका भावनाको दुरूपयोग गर्‍यो। हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं। नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन। उनले नेकपाको प्रचण्ड-नेपाल समूहले समस्या समाधान नगर्ने बुझेरै आफूकहाँ आउने निर्णय गर्नु सही रहेको पनि उनले बताए। उनले भने, तपाईंले जुन तथ्य बुझेर यस्तो निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ।

प्रतिक्रिया दिनुहोस्