विप्लवका कार्यकर्ताहरुले १८ ठाउँमा राखे ‘होक्स बम’



काठमाडौँ माघ १० ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार आन्दोलनका क्रममा अवरोध गरेको अभियोगमा २ जना कार्यकर्तालाई पक्राउ गरेको छ। बाग्लुङ प्रहरीले ती दुईलाई पक्राउ गरेको बताएको छ।

त्यस्तै, विप्लवका कार्यकर्ताहरुले १८ ठाउँमा राखेका होक्स बम फेला परेको र तीमध्ये केहीलाई निष्क्रिय गरेको पनि प्रहरीले बताएको छ।

काभ्रेमा विप्लव माओवादीले राखेको एउटा शंकास्पद वस्तु सेनाले डिस्पोज गर्दा आवाज आए पनि उक्त वस्तु बम रहे वा नरहेको प्रहरीले स्पष्ट पार्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्