चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको ८७ वर्षको उमेरमा निधन



एजेन्सी माघ १० ।
चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको ८७ वर्षको उमेरमा निधन भएको छ।

उनको अमेरिकाको लस एन्जलसस्थित सेडारस सिनाइ मेडिकल सेन्टरमा उपचारका क्रममा निधन भएको हो । उनको निधनबारे उनको प्रोडक्सन स्टुडियो ओरा मिडियाले ट्विटरमार्फत पुष्टि गरेको हो ।

किंग अन्तर्वार्ताका लागि निकै सशक्त मानिन्थे। उनले अन्तर्वार्तामा प्रयोग गर्ने सट्यार र विषयप्रतिको संवेदनशीलताले उनलाई विशेष बनाएको थियो। उनले रेडियो र टेलिभिजनमा करिब ५० वर्ष अन्तर्वार्ता लिएको बताइएको छ।

उनले सीएनएनमा मात्र २५ वर्ष काम गरेका थिए। उनले हजारौं व्यक्तिको अन्तर्वार्ता लिएका थिए।

प्रतिक्रिया दिनुहोस्