नेपालमा ९४ अर्ब ६६ करोड बराबरको लगानी बैदेशिक सहायता प्रतिवद्धता



काठमाडौं माघ ११ ।

नेपालमा चालू आर्थिक वर्षको ५ महिनामा ९४ अर्ब ६६ करोड बराबरको लगानी सहायता गर्ने दातृ राष्ट्र तथा निकायले प्रतिवद्धताका जनाएका छन् ।

गत मंसिरसम्म नेपालमा ९४ अर्ब ६६ करोड बैदेशिक सहायता प्रतिवद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमध्ये ८२ दशमलव १ प्रतिशत ऋण र १७ दशमलव ९ प्रतिशत अनुदान रहेको छ । यो सहायता प्रतिवद्धता गत आर्थिक वर्षको तुलनामा ३० दशमलव ९ प्रतिशतले बढी रहेको मन्त्रालयले जनाएको छ ।

गत वर्षको सोही अवधिमा रु ७२ अर्ब २९ करोड मात्रै वैदेशिक सहयाता प्रतिवद्धता प्राप्त भएको थियो । कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये सडक तथा सुशासन क्षेत्रमा सबैभन्दा बढी छ । यो क्षेत्रमा कूल सहायताको ५७ प्रतिशत प्रतिवद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै उर्जामा २९, शिक्षा र स्वास्थ्य तथा कोभिड क्षेत्रमा ५-५ प्रतिशत, कृषि, वन र वातावरण क्षेत्रमा ३ प्रतिशत र पुनर्निमार्णको क्षेत्रमा १ प्रतिशत प्रतिवद्धता प्राप्त भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । समिक्षा अवधिसम्म नेपालमा कुल २७ अर्ब २४ करोड बराबरको सहायता प्राप्त भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्