राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन



काठमाडौं माघ ११ ।

नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन दिएको छ।

नेकपा दाहाल नेपाल पक्षका नेताहरू कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीलगायतले निवेदन दिएका हुन्। नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले निवेदन बुझाएको जानकारी दिइन्।

बहसमा अधिवक्ता ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता डा। टीकाराम भट्टराईले राजपत्र सूचना प्रकाशित नै नभएको भन्ने प्रश्न उठाएका थिए।त्यसपछि सरकारले शुक्रबार प्रतिनिधिसभा विघटन भएको सूचना छापिएको राजपत्र इजलासमा पेश गरेको थियोे।

प्रतिक्रिया दिनुहोस्