नेपालको सूचना प्रविधिको क्षेत्रमा २ अर्ब बढीको विदेशी लगानी भित्रिँदै



काठमाडौं माघ ११ ।
नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा दुई अर्बभन्दा बढीको वैदेशिक लगानी भित्रिने भएको छ ।
उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि यता कुल २ अर्ब ५ करोड बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको हो । विभागका अनुसार चालु आवको माघ १० गतेसम्म ५ ओटा विदेशी कम्पनीले लगानीको प्रतिवद्धता जाहेर गरेका छन् । जसमा चीनका चार ओटा र सिंगापुरको एउटा कम्पनी छ ।

त्यसमध्ये सिंगापुरको कम्पनीबाट मात्रै १ अर्ब ६५ करोड लगानी प्रतिवद्धता आएको छ । चार ओटा चिनियाँ कम्पनीबाट ४० करोड लगानी प्रतिवद्धता आएको विभागको तथ्यांक छ । यो सबै लगानी सफ्टवेयर निर्माणसँग सम्बन्धित छ । चालू आवमा सूचना तथा सञ्चार प्रविधि उद्योग सञ्चाललन गर्ने उद्देश्यसहित पाँच ओटा उद्योग पनि दर्ता भएका छन् ।

यी सबै कम्पनीलो कुल पुँजी ६५ करोड रुपैयाँ रहेको छ । उद्योग सञ्चालनबाट दुई सय ४० जनाले प्रत्यक्ष रोजगारी पाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्