नेप्से २४ सय नाघ्यो, ९ अर्ब ३७ करोडको कारोबार



काठमाडौं माघ ११ ।

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २४ सय अंक नाघेको छ ।

आइतबार परिसूचकमा ५०.२० अंकको वृद्धि भएर २४२४.८४ अंक कायम भएको हो। आइतबार २०७ वटा कम्पनीको १ करोड ९३ लाख ७९ हजार कित्ता सेयर ७९ हजार ४ सय ९८ पटक खरिद बिक्री हुँदा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार व्यापार समूहको उपसूचक ७३।३५ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक २२१.६१ अंकले बढेको छ। आज बैंकिङ समूह २१.३६ अंकले, होटल समूह २४.५१ अंकले, विकास बैंक समूह २०.८१ अंकले, जलविद्युत समूह ५१.१३ अंकले र वित्त समूह १४.१५ अंकले बढेको छ।

त्यस्तै, उत्पादन समूह ५१.५६, लघुवित्त १६५.६८ अंक र अन्य समूह १०४.७५ अंकले बढेको छ। आइतबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६६ करोड ८२ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ।

कारोबार भएका सेयर संख्याका आधारमा भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट लिमिटेडको ५ लाख ५१ हजार २ सय ८६ कित्ता सेयर खरिद बिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्