प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारी



काठमाडौं माघ ११ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता हुने भएको छ ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत र कानुन व्यवसायीमाथि निकृष्ट शब्द प्रयोग गर्दै टिप्पणी गरेको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरेका हुन्

उनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा भइरहेको बहसलाई तमासा भनेको र बरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई अपमानजनक तरिकाले बाजे बकिल भनेर सम्बोधन गरेको भनी अवहेलना गरेको आरोप लगाइएको छ ।

आइतबार नै बसेको नेपाल बार एशोसिएशन बैठकले प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको आरोप लगाएको थियो । प्रधानमन्त्री ओलीले शुक्रबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा उनले बाजे वकिललाई समेत लगेर सर्वोच्च अदालतमा तमासा देखाउने काम भइरहेको भनेका थिए।

ओलीले संविधानको धारा १२८ को उपधारा ४ बमोजिम अदालत र इजलासको अपहेलना गरेको ठहर निवेदकको छ ।

प्रतिक्रिया दिनुहोस्