प्रधानमन्त्रीको योग्यताबारे प्रश्न उठाउने वकिललाई न्यायाधीशले रोके



काठमाडौं माघ ११ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको योग्यतालाई लिएर प्रश्न उठाउने वकिललाई न्यायाधीशले रोकेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आइतवार भएको सुनुवाइका क्रममा अधिवक्ता वीरेन्द्र ठाकुरले प्रधानमन्त्री ओलीको योग्यताबारे प्रश्न उठाएका थिए।

उनले बहसका क्रममा ओली प्रधानमन्त्रीका लागि योग्य नभएको विषय उठाएका थिए। उनी प्रधानमन्त्रीको व्यक्तिगत कुरामा केन्द्रित भएको भन्दै बहसकै क्रममा बेन्चको तर्फबाट न्यायाधीश अनिलकुमार सिन्हाले रोकेका हुन्।

ुव्यक्तिगत विषयलाई लगेर विघटनसँग नजोडौँ न्यायाधीश सिन्हाले भने, पदका लागि अयोग्य भएको विषयमा संवैधानिक प्रश्न छ भने बहस गरौँ, नत्र व्यक्तिगत विषयमा नलागौँ।

प्रतिक्रिया दिनुहोस्