पूर्व माओवादीका लडाकुहरु ओली पक्षमा आउने लहर छ : नेता बस्नेत



कपिलवस्तु,माघ १२ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समूहका नेता महेश बस्नेतले संसद पुनः स्थापना नहुने दावी गरेका छन । संसद पुनस्थापना नहुने भएपछि अहिले सेटिङ भनेर जनतामा भ्रम फिजाएको उनले बताए । केहि अवसरवादीहरुले सरकारलाई असफल बनाउन लागेपछि प्रधानमन्त्री ओलीले जनतामा जाने निर्णय गरेको उनको तर्क थियो ।

आइतवार कपिलवस्तुको चन्द्रौटामा युवा संघका पदाधिकारीहरु सग भेटघाटका क्रममा नेता बस्नेतले पूर्व माओवादीका लडाकुहरु ओली पक्षमा आउने लहर चलेको बताएका हुन ।

प्रचण्ड नेपाल समुह एउटा गुटको समुह रहेकोले निर्वाचन आयोगले प्रधानमन्त्री ओली नेतृत्वको नेकपालाई आधिकारीकता दिने बताए । “उनीहरु हामीलाई सुर्य चिन्ह चाहियो भन्दै निर्वाचन आयोग पुगेछन,अधिकारीकता भए माग्न जानु पर्दैन, उनले भने “सुर्य चिन्ह चाहिए प्रचण्ड नेपाल ओली नेतृत्वको नेकपामा आउनुपर्छ, ।”

नेता बस्नेतले पृथ्वीनारायण शाहले राज्य एकिकरण गरेपछि पहिलो पटक प्रधानमन्त्री ओलीले आफ्नो गुमेको भुमी फिर्ता ल्याउन पहल गरेको बताए । अहिलेको सरकारले राम्रो काम गरेका कारण जनतामाझ लोकप्रिय भएकोले त्यो देख्न नसक्नेले पार्टी विभाजन तर्फ लागेको तर्क राखे ।

उनले प्रचण्डलाई महत्वकाक्षी र माधव नेपाललाई कुण्ठाको संज्ञा दिए । जनताको मनमा केपी ओली नेतृत्वको नेकपा रहेकोेले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दावी गरे । पूर्व माओवादीका धेरै नेताहरु ओली पक्षमा आउने क्रम जारी रहेकोले पूर्व एमालेका सबै नेता बैशाख सम्म ओली नेतृत्वमा आउने बताए ।

कार्यकारी अध्यक्षको रुपमा प्रचण्डलाई जिम्मा दिएपनि तीन वर्ष सम्म पार्टी एकताको केहि काम गर्न नसकेकोले नेता बस्नेतले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्